ad ad

राजनीति


प्रदेश सांसद यादवद्वारा शिक्षा इकाइ प्रमुखमाथि दुर्व्यवहार

प्रदेश सांसद यादवद्वारा शिक्षा इकाइ प्रमुखमाथि दुर्व्यवहार

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ११:४,

प्रदेश न. २ का सांसद अशोक कुमार यादवले शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख चेत कुमार पोखरेलमाथि हातपात प्रयास गरेका छन्।

सर्लाही क्षेत्र न. २ (ख) बाट निर्वाचित समाजवादी दलका सांसद यादवले शिक्षा इकाई प्रमुख पाेखरेललाई उनकै कार्यकक्षमा प्रवेश गरी गालीगलौज गर्नुका साथै कुटपिटको प्रयास गरेको नेपाल शिक्षक महासंघको आरोप छ। महासंघसहित जिल्लास्थित शिक्षकसँग सम्बन्धित विभिन्न संघ, संगठनहरुले संयुक्त विज्ञप्ति प्रकासित गरी सांसद यादवमाथि कारबाहीको माग गरेका छन्। प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा यादवमाथि कारबाही नभए जिल्लाका सम्पुर्ण शिक्षण संस्था बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य हुने चतावनी दिइएको छ।

शिक्षक महासंघका अनुसार बुधबार दिउँसो ३ः३० बजे आफ्नै कार्यकक्षमा सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको अवस्थामा एक्कासी प्रवेश गरेका सांसद यादवले शिक्षा इकाइ प्रमुख पोखरेलको मोबाइल खोसी दुर्व्यवहार गर्नुका साथै र कुटपिटको प्रयास गरेका थिए। शिक्षक महासंघ तथा विभिन्न शिक्षक संघ, संगठनका प्रमुखहरुकै अगाडि सांसद यादवले उनीमाथि दुर्व्यवहार गरेको शिक्षक संघसंगठनहरुको आरोप छ।

यता, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले भने घटना सामान्य भएको बताएका छन्।

‘कुटपिट गरिएको अवस्था होइन, शिक्षा इकाई प्रमुखमाथि माननीयजीले दुर्व्यवहार गर्नुभयो भन्ने आएको छ। त्यसबारे हामी बुझ्दैछौँ’ प्रजिअ जिसीले भने, ‘यो धेरै हाइलाइट गर्नुपर्ने विषय होइन, तपाईंहरुले अन्य माननीयको जस्तो सुन्नुभएको छ, त्यस्तो गम्भीर विषय होइन।’

शिक्षक महासंघसहित विभिन्न संघसंगठनहरुले ज्ञापन पत्र बुझाएको स्विकार गर्दै प्रजिअ जिसीले सांसद यादवविरुद्ध जाहेरी आएमा भने कानुन अनुसार कारबाही गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .