ad ad

राजनीति


माधव नेपालले भने : दार्चुलमा नेपालीमाथि ज्यादती गर्नेलाई भारतले दण्डित गरोस्

माधव नेपालले भने : दार्चुलमा नेपालीमाथि ज्यादती गर्नेलाई भारतले दण्डित गरोस्

नेपालखबर
साउन १६, २०७८ शनिबार १५:४९, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा नेपाली युवा चढेको तुइन काट्ने भारतीय सीमा सुरक्षा बलका जवानमाथि कारबाही हुनुपर्ने  बताएका छन्। 

आफू पक्षीय अखिल फोर्सको राष्ट्रिय भेलालाई शनिबार सम्बोधना क्रममा नेपालले यस्तो बताएका हुन्। उनले  
नेपाल र नेपालीको अहितमा कसैले काम गर्न नहुने पनि बताएका छन्। 

'महाकाली नदीमा हामीले जुन घटना सुन्यौँ। त्यहाँ जुन किसिमको अमानवीयता देखाइयो। त्यसको छानबिन गरियोस', उनले भने, 'बदमासी या लापरबाही जे भए पनि नेपाली युवा बाढीमा बेपत्ता भएको घटनामा संलग्नलाई दण्डित गरिनुपर्छ।'

उनले यस घटनाबारेमा भारत सरकारको पनि ध्यानाकर्षण गराए। 'दार्चुलामा नेपाली युवा चढेको तुइन काटिदिँदा उनी महाकालीको भेलमा बगेका छन्', उनले  भने, 'यस घटनामा हामी भारत सरकारको ध्यानाकर्षण गराउँछौँ, त्यसमा संलग्नलाई भारतले  दण्डित गर्नुपर्छ।। यसबारे नेपाल सरकारले पनि कुरा उठाओस्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .