गत अक्टोबर ९ तारिखमा ट्रम्पले एर्दोआनलाई पठाएको पत्र एर्दोआनले डस्टबिनमा फ्याँकेको बीबीसीले उल्लेख गरेको छ।
सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाएपछि ट्रम्पले एर्दोआनलाई ‘कडा मानिस नबन्न र मूर्ख मानिस नबन्न’ सुझाव दिएका थिए।
पत्रमा ट्रम्पले उत्तर सिरियामा कुर्दिस लडाकुविरुद्ध आक्रमण नगर्न सुझाव दिएको बताइएको छ। ट्रम्पको उक्त सुझावलाई टर्कीले अस्वीकार गरेको थियो।
ट्रम्पको सुझाव अस्वीकार गर्दै टर्कीका राष्ट्रपतिले ट्रम्पको पत्रलाई डस्टबिनमा फ्याँकेको जनाइएको छ।
सिरियाबाट अमेरिकी सेना फर्किएपछि टर्कीले त्यहाँ कुर्दिस लडाकुमाथि आक्रमण गर्ने बाटो खुला भएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पको अलोचना भएको थियो।
ट्रम्पले पत्रमा एर्दोआनलाई भनेका थिए,‘राम्रो काम गरौं, तपाईं हजारौं मानिसलाई मार्न जिम्मेवार हुन चाहनुहुन्न, र म टर्कीको अर्थतन्त्रलाई नष्ट गर्न जिम्मेदार हुन चाहँदिन–र म गर्नेछु।’
ट्रम्पले भनेका थिए,‘ईतिहासले तपाईंलाई राम्रोसँग हेर्नेछ यदि तपाईंले यसलाई सही र मानवीय तरिकाले पूरा गर्नुभयो भने। यदि राम्रो चीजहरू भएन भने यो विषयले तपाइँलाई शैतानको रूपमा देखाउने छ।’


प्रतिक्रिया