ad ad

राजनीति


अफगानिस्तानमा शान्तिको लागि नयाँ सरकार गठन हुनुपर्छ, राष्ट्रपतिबाट गनी हट्नुपर्छ: तालिबान

अफगानिस्तानमा शान्तिको लागि नयाँ सरकार गठन हुनुपर्छ, राष्ट्रपतिबाट गनी हट्नुपर्छ: तालिबान

असरफ गनी र तालिबान


नेपालखबर
साउन १०, २०७८ आइतबार १६:३९,

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको समयमा त्यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ। 

तालिबान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिबानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए।

शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनुपर्ने र राष्ट्रपति असरफ गनीले पद छोड्नु पर्ने तालिबानले माग गरेको छ।

एपीसँगको अन्तर्वार्तामा तालिबानमा प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पारेका हुन्।

तालिबानले विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधिमण्डलका सदस्य समेत रहेका शाहीनले एपीसँग भने,“वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकारको वातावरण बनेको र असरफ गनीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउने छ। तालिबानको स्पष्ट धारणा के हो भने हामी सत्तामा एकाधिकार चाहँदनौं किनकी विगतमा जतिपनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरु सबै असफल बने।” 

उनका अनुसार तालिबान असफल बन्न चाहँदैन। सरकार र विपक्षीको मिलनविन्दु नयाँ समीकरणसहितको संयुक्त सरकार हुनसक्ने उनको भनाइ छ।

विगतमा तालिबान नेतृत्वको सरकारलाई पनि असफल भएको स्वीकार्दै फेरि पनि त्यहि फर्मुला दोहोर्‍याउन नचाहेको शाहीनले बताए।

राष्ट्रपति असरफ गनीका सम्बन्धमा कुनै पनि सम्झौता नगर्ने तालिबानको धारणा रहेको छ। गत मङ्गलबार बकरइदको अवसरमा राष्ट्रपति गनीले आफ्नो भाषणको क्रममा तालिबानमाथि देशब्यापी आक्रमण गर्ने बताएका थिए। प्रतिउत्तरमा तालिबानले गनीलाई ‘युद्धका व्यापारी’ को संज्ञा दिएको थियो।

तालीबान नेता शाहिनले गनीले सन् २०१९ को निर्वाचनमा धाँधली गरी सत्तामा पुगेको दावी गर्दै जनमत अर्कैतिर रहेको दावी गरे। देशमा शासन गर्ने अधिकार गनीले गुमाइसकेको उनको तर्क थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .