ad ad

कारोबार


स्कोडा कुशक नेपालमा, मूल्य कति?

स्कोडा कुशक नेपालमा, मूल्य कति?

नेपालखबर
साउन १०, २०७८ आइतबार १६:३९,

नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित एसयूभी स्कोडा कुशक सार्वजनिक गरेको छ।  

कम्पनीले ५ वटा भेरिएन्टमा युरोपियन एसयुभी स्कोडा कुशक सार्वजनिक गरेको हो। 

एमएडब्लुले नयाँ स्कोडा कुशकका केही समयअघि नै बुकिङ खुला गरिसकेको थियो। कम्पनीले  गाडी सार्वजनिक गर्दै ग्राहकलाई कुशकको टेस्ट ड्राइभ गर्न समेत दिएको छ। 

एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ। 

यसअनुसार  कुशक एक्टिभ एमटी  ४९ लाख ९० हजार, एम्बिसन एमटी ५३ लाख ९० हजार, एम्बिसन एटीको  ५८ लाख ९० हजार, स्टाइल एमटीको  ६० लाख ९० हजार र स्टाइल एटीको ६५ लाख ९० हजार मूल्य रहेको छ। 
 
रोबस्ट र मस्कुलर लुक रहने कुशकले नेपाली गाडीप्रेमीको मन जित्ने कम्पनीले विश्वास गरेको छ। 

कुशकको अगाडिको भागमा चौडा र  स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प हुनेछ। साथै रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल हुनेछ। 

पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, ¥याप–अराउन्ड एलडी टेललाइट रहने कम्पनीले उल्लेख गरेको छ।  

स्कोडा कुशकको  इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ। 

यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ। 

साथै, सुरक्षाका लागि गाडीमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम रहेको छ। 

ईएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो। यसले स्पिडमा आएको गाडी चिप्लने, पल्टने समस्या हुँदैन। गाडीको  टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ। 

स्कोडा कुशकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो।

टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .