ad ad

राजनीति


नेपाललाई एमाले अध्यक्षको जवाफ : केपी ओलीलाई मुख छाडेर जीविका चल्छ भने चलाउनू

नेपाललाई एमाले अध्यक्षको जवाफ : केपी ओलीलाई मुख छाडेर जीविका चल्छ भने चलाउनू

नेपालखबर
साउन १०, २०७८ आइतबार १५:९,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि हुँदै नभएका आरोप लगाउँदै हिँड्न थालेको आरोप लगाएका छन्। अखिल नेपाल महिला संघको कार्यक्रमलाई आइतवार भर्चुअल सम्बोधनका क्रममा ओलीले पछिल्लो समय नेपाल अफवाह फैल्याउन सक्रिय भएको बताए। 

'केपी ओलीका सन्ड मुसुन्डहरुले घर अगाडि आएर पख्लास् चाख्लास् भने अरे! यस्ता अफवाह र वाहियात कुरा नगरे पनि हुन्छ', उनले भने, 'केपी ओलीसँग दुई चारजनाको झुण्ड होइन, देशको सबैभन्दा बढी जनसंख्या एमालेको साथमा छ। एउटा दुईटा कसले कविता न सविताका कविता भनेर लेख्छ भने एमाले त्यस्ताका पछाडि कुद्दैन।'

ओलीले एमाले कुनै गुण्डा दल नभएको पनि बताए। 'नेकपा एमाले कुनै गुण्डा दल होइन एउटा परिपक्व राजनीतिक पार्टी हो। जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ। त्यस्तो अभिभारा बोकेको पार्टी एकजना दुईजना व्यक्तिले केपी ओलीलाई मुख छाडेर केही हुँदैन', उनले भने, 'ओलीलाई मुख छाडेर जीविका चलाउँदा केपी ओली खुसी हुन्छ। यसरी बदनाम नगरे पनि हुन्छ। थुप्रै तत्व बदनाम गर्न लागेका छन्।'

उनले माधव नेपाल केही दर्जन मानिससहित आफ्नो बदनाम गराउन लागेको बताए। 'तीन करोड जनसंख्यामा केही दर्जन मान्छे लागेका छन्। उनले आफूलाई नै संसार ठानेका होलान्', नेपालप्रति लक्षित गर्दै उनले भने, 'भ्यागुतोले इनारबाट जति धर्ती र जति आकाश देख्छ त्यतिलाई नै संसार ठानेको हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .