नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवशका अवसरमा शुक्रबार सुनसरी र सर्लाहीमा पनि कार्यक्रम भएका छन्।
सुनसरीको इटहरी र सर्लाहीको हविनमा कर्माचार्यको स्मृतिमा अन्तक्रिया कार्यक्रम गरिएको हो।
नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीले इटहरीमा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव प्रल्हाद बुढाथोकी, माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, माओवादी केन्द्रका सुनसरी अध्यक्ष योगेन्द्र प्रसाद मण्डल, मजदुर नेता भानु मैनाली, पत्रकार माहासंघका सुनसरी अध्यक्ष जनकऋषि राई लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका सुनसरी उपाध्यक्ष पुष्प ढुंगानाले कर्मचार्यको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए। प्रतिष्ठाले इटहरीमा बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्दै आएको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्र सर्लाहीले हरिवनमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अच्युतम काफ्ले, जिल्ला सचिव कमल बुढाथोकी, विद्यार्थी नेता विवेक मैनाली लगायतले बोलेका थिए।
नेता काफ्लेले कर्माचार्यसहितका चार युवाले २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गरेर नेपालमा नयाँ युगको सुरुवात गरेको बताए। त्यसैगरी नेता बुढाथोकीले अहिले कम्युनिस्ट नेता कार्यकर्तामा कम्युनिस्ट आदर्श र विचारमा ह्रास आएको भन्दै व्यक्तिगत स्वार्थमा लिप्त मान्छे कम्युनिस्ट हुनै नसक्ने बताए।
Shares
प्रतिक्रिया