राजनीति


माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरू

माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरू

नेपालखबर
साउन ६, २०७८ बुधबार १२:५३,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी बैठक सुरू भएको छ।

काठमाडौंको शंखमुलमा सुरू बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकीकरणको आगामी संभावनाबारे छलफल जारी छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विषयमा सहमति जुट्न नसकेपछि गत साउन ३ गते यता स्थायी कमिटी सदस्यहरू जुट्न सकेका थिएनन्।

​ बुधबार बैठकमा साउन ३ यताको राजनीतिक परिस्थिति र एमाले एकताकै विषयमा छलफल केन्द्रीत हुने एक स्थायी कमिटी सदस्यले बताए।

बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्यहरू पनि उपस्थित छन्।

अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई कारवाही गर्ने बताइरहेका बेला बुधबारको छलफल त्यो विषयमा पनि केन्द्रीत हुने नेताहरूले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .