राजनीति


एमाले एकताका लागि गरिएको ३ महिनाको मेहनत खेर गयोः शंकर पोखरेल

एमाले एकताका लागि गरिएको ३ महिनाको मेहनत खेर गयोः शंकर पोखरेल

नेपालखबर
साउन ३, २०७८ आइतबार १३:५२,

नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपाल पक्षलाई पार्टीमा एक गराउन ३ महिनादेखि गरिएको प्रयास खेर गएको बताएका छन्।  

ओलीनिकट नेता पोखरेलले वरिष्ठ नेता माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै एकता प्रयास विफल भएको बताएका हुन्।  

ललितपुरको च्यासलमा एमाले स्थायी कमिटीको बैठक जारी रहेका बेला नेता पोखरेलले आइतबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’

एमाले एकता पहलका लागि गठित कार्यदलले गत असार २७ गते १० बुँदे सहमति गरेको थियो। शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले त्यसलाई अनुमोदन गर्दै कार्यदल विघटन गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .