राजनीति


विघटित कार्यदलका सदस्य नेपाल निवासमा

विघटित कार्यदलका सदस्य नेपाल निवासमा

नेपालखबर
साउन ३, २०७८ आइतबार १०:४०,


नेकपा एमालेको विघटित कार्यदलले पार्टी एकताको छलफल जारी राखेको छ। कार्यदलका सदस्यहरूले आइतबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर पार्टी एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमतिको आधारमा अघि बढ्न आग्रह गर्दैछन्।

यसअघि शनिबार विहान बसेको कार्यदलका सदस्यहरूको बैठकले पार्टीलाई १० बुँदे सहमतिअनुसार नै अघि बढाउनुपर्ने निष्कर्ष निकालेका थिए।

त्यही बमोजिम उनीहरूले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका थिए। जवाफमा ओलीले आफू एकताका लागि तयारै रहेको भन्दै एमाले बरिष्ठ नेता नेपालसँग कुरा गर्न सुझाएका थिए।

ओलीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिअनुसार पार्टीमा सबैलाई स्वागत गर्न आफू सकरात्मक रहेको बताएका थिए। तर पार्टीमा सहमतिको प्रयास भइरहेको भन्दै आइतबार विहान ११ बजेका लागि डाकिएको स्थायी कमिटी बैठक रोक्न कार्यदल सदस्यहरूले गरेको आग्रह भने स्वीकार गरेनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad