राजनीति


कांग्रेस-माओवादी जस्तो एमालेले झुटो बोल्दैन : ओली

कांग्रेस-माओवादी जस्तो एमालेले झुटो बोल्दैन : ओली

नेपालखबर
साउन १, २०७८ शुक्रबार १७:२४,

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारमा संलग्नको रिहा र हत्या आरोपीको आतंकले राम्रो संकेत नगरेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन्। 

'भ्रष्टाचार आरोपी विजय गच्छदारको रिहाइ र हत्या अभियोगमा जेलमा रहेका मोहम्मद अफ्ताव आलम आतंकले देखाइसकेको छ', उनले देउवा नेतृत्वको सरकारको सुरुवातबारे टिप्पणी गर्दै भने, 'यातायातको भाडा वृद्धि पनि एउटा अर्को उदाहरण हो।'

ओलीले एमालेले कांग्रेस-माओवादीले जसरी झुटो पनि नबोल्ने दाबी गरे। 'हामी कांग्रेस-माओवादी जस्तो हुँदै नभएको झुट कुरा बोल्दैनौँ', ओलीले  भने, 'सरकारलाई राष्ट्रघाती काम र जनहितविरुद्धका गतिविधि गर्न दिदैनौँ।'

ओलीले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने पनि बताए। 'हामी रचनात्मक प्रतिपक्ष भएर बस्छौँ', उनले भने, 'देउवा सरकारले अझै पनि मन्त्रिमण्डल बिस्तार गर्न सकिरहेको छैन। कांग्रेस-माओवादीसहितको गठबन्धनले आफ्नो अस्तित्वको सैद्धान्तिक र राजनैतिक पुष्ट्याइँ पनि दिन सकिरहेको छैन।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad