राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडीपी) नेपालबीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरूलाई रकम भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका छन्।
सम्झौता पछि युनडीपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीहरूलाई युनडीपीले उपलब्ध गराउने रकम बैंकले बैंक खाता मार्फत भुक्तानी गर्ने छ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरू मध्ये उद्यम गर्न चाहने विपन्न उद्यमीहरूलाई बैंकले सहूलियपूर्ण कर्जा लगानी गर्न सकिने बताए।
युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरूलाई युएनडीपीको प्रयास कार्यक्रम अन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनीहरूको जिविकोपार्जनमा सहयोग पुग्ने बताए।
Shares

प्रतिक्रिया