राजनीति


पेट्रोलियम पदार्थमा बढेको मूल्य र भाडा वृद्धि फिर्ता लिन कांग्रेसको माग

पेट्रोलियम पदार्थमा बढेको मूल्य र भाडा वृद्धि फिर्ता लिन कांग्रेसको माग

फाइल फाेटाे


नेपालखबर
साउन १, २०७८ शुक्रबार १५:५७,

नेपाली कांग्रेसले पूर्ववर्ती सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि र सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।

सांसद दिव्यमणिराज भण्डारीको संयोजकत्वमा गठित विषय समितिले शुक्रबार सरकारसँग पूर्ववर्ती सरकारले गरेको मूल्यवृद्धि र भाडा वृद्धि फिर्ता लिन माग गरेको हो। 

‘केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै सरोकारवालाहरुसँग आवश्यक छलफल तथा समन्वय नगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ। यसप्रति वर्तमान सरकारको ध्यानाकर्षण गर्दै जनतालाई परेको मर्काको विषयमा मनन् गरी उक्त मूल्यवृद्धि फिर्ता लिन माग गर्दछ,’ समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

समितिका संयोजक राज भण्डारीको अध्यक्षतामा बसेको बैठकले असार २८ गते सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गरेको छ। बैठकले कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा सरकारका प्रधानमन्त्री, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण गृहमन्त्री र प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad