राजनीति


एमालेले देउवालाई विश्वासको मत नदिने, सबै सांसदलाई विपक्षमा उभिन आग्रह

एमालेले देउवालाई विश्वासको मत नदिने, सबै सांसदलाई विपक्षमा उभिन आग्रह

नेपालखबर
साउन १, २०७८ शुक्रबार १४:११,

नेकपा एमालेले सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार असार २७ को १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदललाई विघटनको निर्णय लिएको हो। 'अलोकतान्त्रिक र अस्वस्थ विधिबाट बनेको सरकारलाई विश्वासको मत नदिने निर्णय एमालेले लिएको छ', ज्ञवालीले भने, 'एमाले सशक्त प्रतिपक्षीका रुपमा उभिनेछ। त्यसैले सबै सांसदहरुलाई सरकारको विपक्षमा उभिन बैठकले निर्देशन दिएको छ।' 

बैठकले पार्टीभित्र र बाहिरबाट भइरहेको निरन्तर घेराबन्दीबीच सरकार सफल भएको पनि निचोड निकालेको छ। 'पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले बाह्य सम्बन्ध राम्रो बनाएको छ। असन्तुष्ट समूहलाई शान्ति प्रक्रियामा ल्याएको छ', उनले भने, 'कोभिड महामारीको प्रभावकारी सामना गरेको छ। संविधानको कार्यान्वयनमा सफल भएको छ। यसबाहेक अरु पनि उल्लेखनीय काम भएका छन्। पार्टी भित्र र बाहिरबाट घेराबन्दीबीच ऐतिहासिक काम भएका छन्।'
 
ज्ञवालीले अब नेकपा एमाले देशप्रति जिम्मेवार भएर लाग्ने बताए। 'अब एमाले प्रतिपक्षीका रुपमा देश र जनताको हितमा लाग्छ', उनले भने, 'अलोकतान्त्रिक र अस्वस्थ विधिबाट बनेको सरकारलाई विश्वासको मत दिँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad