नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग चलिरहेको विवाद समाधानका लागि गत जेठ २ मा गठित कार्यदललाई विघटन गरेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले असार २७ गते १० बुँदे सहमति गरेको कार्यदललाई विघटन गरिदिएको हो।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार असार २७ को १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदललाई विघटनको निर्णय लिएको हो।
1.4k
Shares

प्रतिक्रिया