प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन्।
पार्टीको आसन्न १४ औं महाधिवेशनका बारेमा छलफल गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे बैठक बस्न लागेको जानकारी दिए । उनकाअनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।
बैठकमा क्रियाशील सदस्यता, पार्टीबाट सरकारमा जाने नेताहरुको नाम तय गर्ने र महाधिवेशनको विषयमा छलफल हुने पौडेलले बताए । कांग्रेसको क्रियाशील सदस्यताको अझै टुंगो लाग्न सकेको छैन।
कांग्रेसको आगामी साउन १२ गतेदेखि गाउँ कमिटीको अधिवेशन तय भएको छ।
171
Shares

प्रतिक्रिया