राजनीति


ओली सत्ताच्युत भएपछि आज पहिलोपटक एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् ३ एजेन्डा

ओली सत्ताच्युत भएपछि आज पहिलोपटक एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् ३ एजेन्डा

नेपालखबर
साउन १, २०७८ शुक्रबार ८:८,

अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि आज पहिलोपटक नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बस्नेछ। 

बैठकका लागि ३ एजेन्डा तय गरिएको उनले नेपालखबरलाई जानकारी दिए। 

‘आजको बैठकमा मूलतः ३ एजेन्डामा छलफल गर्छाैं,’ कार्यालय सचिव तामाङले शुक्रबार बिहान नेपालखबरलाई सुनाए, ‘१० बुँदे सहमति छलफल र अनुमोदन, सर्वोच्च अदालतको फैसला र संसदमा हाम्रो भूमिका र केन्द्रीय कमिटी बैठक चाँडै राख्ने निर्णय र त्यसका एजेन्डाबारे छलफल।’

सर्वाेच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार प्रतिनिधि सभा पुनःस्थापना र नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भएका हुन्। योसँगै अब संसदमा एमाले विपक्षी दल भएको छ।  

एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले  माधव नेपाल पक्षका नेताहरूलाई पनि बैठकमा निमन्त्रणा गरिएको जानकारी दिए। 

‘पार्टी जेठ २ (२०७५) मा फर्किएको हुनाले त्यसअनुसारका सदस्य सबैलाईं बैठकमा बोलाएका छौं,’ तामाङले भने, ‘सहभागी हुने नहुने त्यो उहाँहरूको पर्सनल कुरा भयो।’

एमालेका दुई पक्ष (ओली र माधव नेपाल) एकता पहलका लागि बनेको कार्यदलले यही असार २७ गते १० बुँदे सहमति जुटाएको छ। 

यो पनि : एमाले कार्यदलमा १० बुँदे सहमति

आजै संसदीय दलको बैठक पनि
यस्तै ओलीले आजै एमालेको संसदीय दलको बैठक पनि राख्ने भएका छन्। 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीको बैठकपछि दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ। 

यसैबीच माधव नेपालले भने ओलीले बोलाएको संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने बताइसकेका छन्। 

यो पनि :

माधव नेपालको रणनीतिक ‘मुभ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad