ad ad

राजनीति


आकस्मिकरुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

आकस्मिकरुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

नेपालखबर
असार २८, २०७८ सोमबार १६:२७,

सर्वोच्च अदालतको फैसला लगत्तै सरकारले आकस्मिक रुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्यमा गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट संसद अन्त्य गरेकी हुन्। 

'आज बसेको मन्त्रिपरिषदको बैठकले  गरेको सिफारिसअनुसार राष्ट्रियसभाको अधिवेशन मध्यराति १२ बजेबाट अन्त्य भएको जानकारी आएको छ' संसद सचिवालयका एक कर्मचारीले भने, 'यो आकस्मिक रुपमा अन्त्य गरिएको हो। किनभने कार्यव्यवस्था समितिले मंगलबार पनि बैठक राख्ने निर्णय गरेको थियो।' 

संसदका कतिपय पदाधिकारीहरुले अधिवशेन अन्त्यको विषयमा परामर्श नभएको बताएका छन्। यो वर्षको बजेट अधिवेशन असार १७ बाट शुरु भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .