राजनीति


विश्वप्रकाश शर्माले भने– राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सर्वोच्चले सच्याइदियो

विश्वप्रकाश शर्माले भने– राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सर्वोच्चले सच्याइदियो

नेपालखबर
असार २८, २०७८ सोमबार १४:९,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदमलाई सर्वोच्चको संवैधानिक इजलासको विवेकपूर्ण फैसलाले सच्याइदिएको बताएका छन्। 

अदालतको फैसलापछि ट्विट गर्दै शर्माले ‘लिकबाहिर धकेलिएको संविधानलाई ट्रयाकमा फर्काउने कदम’ भनेका छन्। 

‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला। लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम’, शर्माले ट्विट गर्दै भनेका छन्, ‘केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad