नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेकोमा उनले त्यसलाई स्वागत गरेका छन्।
‘यसको हामी स्वागत गर्दछौं प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आम जनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
9
Shares

प्रतिक्रिया