राजनीति


१० बुँदे सहमतिप्रति रामकुमारी झाँक्रीको ४ बुँदे टिप्पणी

१० बुँदे सहमतिप्रति रामकुमारी झाँक्रीको ४ बुँदे टिप्पणी

नेपालखबर
असार २८, २०७८ सोमबार ११:७,

नेकपा एमाले एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमितिप्रति माधवकुमार नेपाल पक्षका नेता रामकुमारी झाँक्रीले टिप्पणी गरेकी छन्। 

एमालेका दुई पक्ष (केपी ओली र माधव नेपाल) बीच एकताका लागि आइतबार दिनभर छलफलपछि कार्यदलले आइतबार राति १० बुँदे सहमति जुटाएको छ। तर त्यसप्रति स्वयं माधवकुमार नेपाल भने सन्तुष्ट देखिएका छैनन्।  

अहिले उक्त सहमतिप्रति नेपाल पक्षका नेताकै फरक–फरक धारणा आइरहेका छन्। 

यो पनि : ​योगेश भट्टराईले गरे १० बुँदे सहमतिको स्वागत

यसै क्रममा नेता झाँक्रीले पनि सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो असहमति व्यक्त गरेकी हुन्। 

उनले आफ्नो समूहका सांसदले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिइने उल्लेख गर्दै सहमतिको भ्रममा नपर्न आफ्ना नेताहरूलाई आग्रह गरेकी छन्। 

यस्तो छ, उनको ४ बुँदे टिप्पणीः 

१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउनेछ।

२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयनयोग्य हुँदैन। बैठकमा जाने कुरा हुन्न।

३. अदालतमा निवेदकका रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुनेगरी हस्ताक्षर फिर्ता लिइने छैन। लिने कुरै आउँदैन।

४. भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौं। निराश पनि नबनौं। राजनीति हो, यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।

यी पनि :

एमाले सहमति : प्रधानमन्त्रीका प्रेस सल्लाहकारको व्याख्याप्रति माधव नेपालको आपत्ति

माधव नेपाललाई सूर्य थापाको जवाफ : मेरो भनाइ १० बुँदे सहमतिअनुरूपै हो

१० बुँदे सहमतिमा माधव नेपालको प्रतिक्रियाः अदालतलाई प्रभाव पार्ने निर्णय मञ्जुर छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad