ad ad

राजनीति


माओवादी केन्द्रले भन्यो: हामीसँग सरोकारै नराख्ने व्यक्तिले हाम्रो खारेजी माग गर्नु हास्यास्पद

माओवादी केन्द्रले भन्यो: हामीसँग सरोकारै नराख्ने व्यक्तिले हाम्रो खारेजी माग गर्नु हास्यास्पद

नेपालखबर
असार २५, २०७८ शुक्रबार १४:१८,

नेकपा माओवादी केन्द्रले आफ्नो दल दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको खबरप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

नेकपा एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताले माओवादी केन्द्र खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका छन्। 

सोही सम्बन्धमा शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी आफ्नो दलसँग सरोकारै नभएका व्यक्तिले आफ्नो खारेजी माग गर्नु हास्यास्पद भएको टिप्पणी गरेको हो। 

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दल दर्ता खारेजी सम्बन्धमा भनी’ सरोज बुढाथोकी कमलामाई न.पा. १० सिन्धुली हाल कागेश्वरी मनहरा न.पा. ७ काठमाडौंको नामबाट प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरी निर्वाचन आयोगमा दर्ता गराएको भन्ने कुरा सार्वजनिक सञ्चारमाध्यमबाट यस पार्टीमा जानकारी हुन आएकोमा हाम्रो ध्यान आकृष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामानय कानुनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ।’

साथै यस्ता अनधिकृत निवेदन दर्ता गर्ने काम आइन्दा नगर्न भन्दै उसले निर्वाचन आयोगलाई सचेतसमेत गराएको छ। 

‘संविधान, कानुन, विधि, विधानविपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग, नेता, कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं,’ माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता प्रकारका अनधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकाले आइन्दा त्यसो नगरियोस् भन्ने आग्रहसमेत गर्दछौं।’ 

यो पनि :

निर्वाचन आयोगलाई आगन्तुक एमाले नेताको ताकेताः माओवादी केन्द्र तत्काल खारेज गरिदिनुपर्‍याे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .