राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमार जाँदै छिन्।
म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेकी हुन्।
भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान साढे १० बजे म्यानमार जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारी ६ कात्तिकमा स्वदेश फर्कने छिन्।
भण्डारीले म्यानमारमा समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गगर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि राष्ट्रपतिले भेट गर्ने कार्यक्रम छ। त्यस्तै पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ।
यस क्रममा म्यानमारसँगै उनले जापानकोसमेत भ्रमण गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ। जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जान लागेकी हुन्।
भ्रमणका क्रममा बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँको पनि राष्ट्रपतिले भ्रमण गर्नेछिन्।
Shares

प्रतिक्रिया