नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ। गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि प्रहरीकाे जनपद र प्राविधिक दुवैतर्फ दरबन्दी थपिएको हो।
थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ४७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) छन् ।
यस्तै८६ जना प्रहरी नायब निरीक्षक (सई), २ सय ९७ जना प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ जना प्रहरी हवल्दार, २ हाजार २ सय १६ जना प्रहरी जवान र ३ हजार ५ सय ९६ जना कार्यालय सहयागीको दरबन्दी थप भएको छ ।
थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो। प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ। एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।
हाल प्रहरीमा जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ दरबन्दी छ।
मन्त्रालयका एक अधिकारीका अनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरिसकिएको छ।
सरकारी निर्णयअनुसार थपिएको दरबन्दी पदपूर्तिका लागि प्रक्रिया सुरु भइसकेको नेपाल प्रहरीले जनाएको छ।
नयाँ पदपूर्तिपछि स्थानीय तहको केन्द्रमा रहने गरी १८६ नयाँ प्रहरी एकाइ थपिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी एकाइ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया