छापा खबर


दुनियाँलाई चेतावनी दिन सीले नेपालकै मञ्च किन प्रयोग गरे?

दुनियाँलाई चेतावनी दिन सीले नेपालकै मञ्च किन प्रयोग गरे?

नेपालखबर
असोज २९, २०७६ बुधबार ०:५३,

चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा व्यक्त गरेको विचार संसारभर छरिएको छ।

काठमाडौँबाट सीले व्यक्त गरेको भनाई यतिबेला विश्वरभका संचार माध्यममा हेडलाईन बनेका छन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा किरण दाहाल र श्रवण उप्रेतीले लेखेका छन्।

भ्रमणको दोश्रोदिन आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो।

तिब्बत, ताइबान, हङकङ र सिनज्यान विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको चासोबारे सीले ओलीसँग चर्चा गरेका थिए।

तर, यस्तो चासो चीनका लागि असह्य हुने उनको भनाई थियो।

ओलीसँगको भेटमा सीको भनाई थियो, ‘चीनको कुनै पनि हिस्सालाई टुक्रयाउने कोसिस गर्ने जो कोहीलाई पनि धुलोपिठो बनाइनेछ। त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन्।’

यो चेतावनी सीले ओलीलाई होइन, दुनियाँलाई सुनाउन खोजेका थिए । त्यसैले ओलीसँग सीले व्यक्त गरेको विचार भन्दै यो भनाइ पहिलोपटक चीनको सरकारी टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले सार्वजनिक गरेको थियो ।

लगत्तै, यो समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य हेडलाइन बनेको छ । यसबारेमा समाचार प्रकाशित गर्ने सबैजसो अन्तर्राष्ट्रिय मिडियाले मुख्यतः हङकङका प्रदर्शनकारी र त्यसलाई सघाउने अन्तर्राष्ट्रिय शक्तिलाई लक्षित गरेर सीको यो चेतावनी आएको टिप्पणी गरेका छन् । तिब्बत, ताइवान र सिनज्यान पनि यही प्रसंगमा जोडिएको छ । 

विश्लेषक प्राडा लोकराज बरालले तिब्बतलाई लिएर नेपालमा अलि बढी गतिविधि होला कि भन्ने आशंकामा सीले नेपालको भूमिबाट त्यस्तो सन्देश दिएको हुनसक्ने बताए।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चीको भनाई हङकङको सन्दर्भमा आएको र अमेरिकाप्रति लक्षित भएको बताएका छन्।

चीनका लागि पूर्व राजदूत टंक कार्की भने चीन अहिले जागेको बाघ भएकाले सबैलाई दबाबमा राख्न सीले त्यस्तो अभिव्यक्ति दिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad