छापा खबर


बालबालिकामा मोटोपनको समस्या विकराल बन्दै, किन हुँदैछ यस्तो?

बालबालिकामा मोटोपनको समस्या विकराल बन्दै, किन हुँदैछ यस्तो?

नेपालखबर
असोज २९, २०७६ बुधबार १:१६,

मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ प्रतिशतले बढेको छ।

यो समस्या कमसल खानाले गर्दा बढेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘विश्वका बालबालिकाको अवस्था–२०१९ बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ।

नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ।

नेपालमा करिब ३६ हजार बालबालिकामा मोटोपनाको समस्या छ।

११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन्, भने करिब २ लाख ९० हजार बालबालिका ख्याउटे रहेका युनिसेफले जनाएको छ।

त्यस्तै १३ लाख बालबालिकामा भिटामिन ए, आइरन लगायतका पोषण तत्वको कमी छ।

३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षबीच फलफूल वा तरकारी खान पाउँदैनन्।

प्याकेटका तयारी खानेकुराको बढ्दो प्रयोगले बालबालिकाको जीवनमा नकारात्मक असर गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad