ad ad

राजनीति


जसपा विवादः दुवै पक्षले निर्वाचन आयोगलाई भने– कानुनअनुसार गर्नुस्

जसपा विवादः दुवै पक्षले निर्वाचन आयोगलाई भने– कानुनअनुसार गर्नुस्

नेपालखबर
असार २२, २०७८ मंगलबार १३:२६,

फुटको संघारमा पुगेका जसपाका दुवै पक्षका नेताहरुले आफूहरु मिलेर जान नसकिने जानकारी निर्वाचन आयोगलाई गराएका छन्। 

मंगलबार आयोगले बोलाएको छलफलमा सहभागी नेताहरुले आफूहरुको अरु थप धारणा नरहेकाले कानुनअनुसार नै अघि बढ्न निर्वाचन आयोगलाई अनुरोध गरेका छन्।

 ‘उहाँहरुले छलफलमा बोलाउनुभएको थियो, आइयो कुरा गरियो’, जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालखबरसित भने, ‘कानुनअनुसार नै अगाडि बढ्नुस् भनेर निर्वाचन आयोगलाई जिम्मा लगायौँ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि ओलीलाई साथ दिने र नदिने पक्षका बीचमा कित्ता छुट्टिएको हो।

जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ। दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आएका छन्।

यसअघि दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आयोगमा पत्र पठाएका थिए। तर आयोगले दुवैको कारबाहीलाई स्वीकार गरेको थिएन। 

त्यसपछि यादव पक्षले आयोगमा आधिकारिकता दाबी गर्दै निवेदन दिएको थियो। आयोगले ठाकुर पक्षलाई यादव पक्षको दाबीबारे १५ दिनभित्र जवाफ दिन भनेको थियो।

ठाकुर पक्षले २० जना कार्यकारिणी सदस्य थप गरेको पत्रसहित आयोगमा आधिकारिकता दाबी गरेका थिए।

दुवैले आधिकारिकता दाबी गरेपछि आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .