नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा प्रदीप पौडेल चयन भएका छन्।
पौडेद कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य हुन्।
समितिका औपचारिक जानकारी सार्वजनिक तथा मिडियासँगको समन्वय गर्नका लागि पौडेललाई प्रवक्ता तोकिएको समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
छानविन समितिको संयोजक रमेश लेखक छन्। समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन्।
समितिले असार मसान्तसम्म छनविनको काम टुंग्याउने तयारी गरेको छ।
21
Shares

प्रतिक्रिया