नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सक्ने निर्णय गरेको छ।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्न र साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो।
पार्टी सदस्यता नवीकरणसम्बन्धी फारम एमालेले यसअघि नै कार्यकर्ताहरूलाई पठाइसकेको छ।
यस्तै पार्टीको विधान महाधिवेशन आउँदो साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि भएको छ।
विधान महाधिवशेनका लागि अध्यक्ष एवं पार्टी अध्यक्षले ओलीले राजनीतिक प्रतिवेदन लेख्ने जिम्मेवारी पाएका छन्।
महासचिव ईश्वर पोखरेललाई सांगठिनक, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन र निर्माण तथा नेता रामबहादुर थापालाई व्यवस्थापनको जिम्मा दिइएको छ। बैठकले आउँदो भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ।
Shares
प्रतिक्रिया