नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गरेका छन्।
देउवाले शनिबार नेताहरुसँग आसन्न महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा छलफल गरेका थिए।
छलफलमा क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, एनपी साउद लगायत थिए।
देउवाले क्रियाशील सदस्यताको विवादलाई समयमै टुंग्याउन छानविन समितिलाई निर्देशन दिएका छन्।
पार्टी समायोजनपछि बाँकी रहेको सदस्यताको विषयलाई छिटो समाधान गर्न देउवाले निर्देशन दिएको भेटमा सहभागी एक नेताले बताए।
शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले पनि क्रियाशील सदस्यताको विषयलाई समाधान गर्न भनेको थियो। प्रक्रिया पूरा गरेर आएका हरुको क्रियाशील सदस्यता स्वीकृत गर्न बैठकले समितिलाई सुझाव दिएको थियो।
कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
'जुनसुकै अवस्थामा महाधिवेशन गर्नुपर्छ', देउवालाई उदृत गर्दै एक नेताले भने, 'महाधिवेशनको तयारी थाल्नुस्। क्रियाशील सदस्यता वितरणको विवादलाई छिटो समाधान गर्नुस्।'
Shares
प्रतिक्रिया