राजनीति


कार्यदलका नेता छलफलमा, माधव नेपाल भेट्न घनश्याम भूसाल पुगे कोटेश्वर

कार्यदलका नेता छलफलमा, माधव नेपाल भेट्न घनश्याम भूसाल पुगे कोटेश्वर

नेपालखबर
असार १९, २०७८ शनिबार १४:२२,

नेकपा एमालेका दोस्रो तहका नेताहरु पार्टी एकताको विन्दु पहिल्याउन छलफलमा जुटेका छन्।

होटल समिटमा भइरहेको छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट छन्। 

छलफलकै बिचमा घनश्याम भूसाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। पार्टी एकताको लागि तयार पारिएको प्रस्तावमा छलफल गर्न भूसाल कोटेश्वर पुगेका हुन्।

शुक्रबारदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। शुक्रबारको बैठकले माधव नेपाल पक्षका सांसदहरुलाई सर्वोच्चमा दायर गरिएको रिटमा गरिएको हस्ताक्षर सोमबार ५ बजेभित्र फिर्ता लिन निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad