ad ad

समाज


अविरल वर्षाले प्रदेश २ जिल्लाका सदरमुकामहरु जलमग्न

अविरल वर्षाले प्रदेश २ जिल्लाका सदरमुकामहरु जलमग्न

शैलेन्द्र महतो
असार १९, २०७८ शनिबार १३:२५,

अविरल वर्षाले प्रदेश २ का जिल्लाका सदरमुकाम जलमग्न भएको छ। जनकपुर, जलेश्वर, मलंगवा, वीरगन्ज, राजविराज लगायत सदरमुकाम वर्षाको पानीले जलमग्न भएको हो।

 

अधिकांश सरकारी कार्यालयमा पानी पसेको छ भने घरहरु डुबानमा परेको छ।

 

प्रदेश २ सरकारको मुख्यालय मुख्यमन्त्री कार्यालय, जनकपुर विमानस्थल लगायत जनकपुरको चोक,सडक गल्लीहरुमा दुईफिटसम्म पानी जमेको छ।

 

अधिकांश घरहरुमा पानी समेत पसेर जनजीवन प्रभावित भएको छ। यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका स्थित ढल्केबर समेत जलमग्न भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .