लुघवित्त पीडितहरूले अन्यायपूर्ण ऋण असुलीविरुद्ध न्यायिक निरुपणको माग गर्दै काठमाडौँमा प्रदर्शन जारी राखेका छन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदूर आन्दोलन नेपालले अगुवाइमा पीडितहरूले प्रदर्शन गरेका हुन्। तीन दिनदेखि काठमाडौँमा मार्च गरिरहेका उनीहरू मंगलबार नेपाल राष्ट्र बैंक घेराउन गर्न लागेका छन्।
काठमाडौँको थापाथलीस्थित राम मन्दिरबाट सुरु भएको उनीहरूको मार्च राष्ट्र बैंक अगाडि पुगेको छ। उनीहरूले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्न माग गरेका छन्।
त्यस्तै, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना, विविध शुल्क, जग्गा धितो लिलामी, कालोसूचीमा न्यायिक निरुपण गर्न सरकारसँग माग गरेका छन्।














9
Shares

प्रतिक्रिया