ad ad

फोटोफिचर


मास्कले मुख छोपेका बालकृष्ण (तस्बिरहरू)


सरोज बैजु
बैशाख २७, २०८० बुधबार १५:२३, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेको करिब ६ घण्टापछि पूर्वगृहमन्त्री बालकृष्ण खाँण फोटो पत्रकाहरुको नजरमा परेका छन्।

पक्राउ गरेर प्रहरी परिसरमा लैजाँदा प्रहरीले पत्रकारसहित सबैलाई बाहिर राखेको थियो। त्यसबेला गाडीभित्र रहेका बालकृष्णको फोटो कैद गर्न सम्भव भएको थिएन। 

तर पाँच घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाने क्रममा पत्रकारहरुले उनको फोटो खिच्न भ्याए।

परिसरस्थित एकजना डीएसपीको कार्यकक्षबाट बाहिर प्राङ्गणमा रहेको गाडीसम्म लैजाने क्रमम बालकृष्ण फोटो पत्रकारको क्यामेरामा कैद भए। 

जरुरी पक्राउ पुर्जी दिएर समातिएका उनलाई प्रहरीले हत्कडी लगाएको छैन। पक्राउ परेर आउँदैदेखि उनले मास्क पहिरिएका थिए।

मास्कले मुख छोपेका उनले क्याप र चश्मा पनि पहिरिएका छन्। कोट, पाइन्ट र सर्टसहित औपचारिक पोशाकमै देखिएका उनलाई अब प्रहरीले अस्पतालपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .