फोटोफिचर


काठमाडौंको वसन्तपुरमा यसरी मनाइयो होली (फोटोफिचर)


प्रविन कोइराला
चैत १५, २०७७ आइतबार ९:२२,

फागुपूर्णिमा अर्थात् रङहरु खेलेर मनाइने पर्व होली यस वर्ष पनि मनाइएको छ। होली हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड हो।

हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाकाे दिन मनाउने गरिन्छ। नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूले यो पर्व हर्ष उल्लासका साथ मनाउँछन्।

त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ।

रङ्गहरूको चाड भएकाले मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गीन बनाउँछन्। कोरोनाको कारण त्यति बाक्लो चहलपहल नभए पनि वसन्तपुरमा होली मनाउन युवायुवती पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .