ad ad

कला


कलाकारले यसरी मनाए होली (फोटोफिचर)

कलाकारले यसरी मनाए होली (फोटोफिचर)

नेपालखबर
चैत १५, २०७७ आइतबार ९:२०,

कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष र यस वर्षको होली केही खल्लो बन्न पुग्यो।

गत वर्षको तुलनामा यो वर्ष होलीको केही चहलपहल भए पनि खासै उल्लासमय नभएको बताइएको छ।

अज काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। सरकारले पनि यो वर्ष होली पर्व सामाजिक दूरी कायम गरेर परिवारभित्रै मनाउन आग्रह गरेको छ।

नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि यो वर्ष परिवारभित्रै एक आससमा रङ दलेर होली पर्व मनाएका छन्। उनीहरुले होली मनाएको तस्बिरहरु पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्।

अभिनेता नजिर हुसेले सामाजिक सञ्जाल फेसबुकमा होली मनाएको तस्बिर सार्वनजिक गरेका छन्। होलीको शुभकामना दिँदै उनले तस्बिर सार्वनजिक गरेका हुन्।

May be an image of 1 person, standing and outdoors

‘होली त मलाई तिमीसँग खेल्न मन थियो फगत यी रंगहरुबीचमा आइदिए! सादा सपनाहरु रंगीन होस् सबैको, रंगहरुको पर्व होलीको शुभकामना सबैमा’, नाजिरले फेसबुकमा लेखेका छन्।

त्यस्तै अभिनेत्री रेखा थापाले पनि होलीको शुभकामना दिँदै परिवारसँगै होली मनाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छन्।

Image

‘हर्ष, उल्लास र रङमय पर्व होलीको शुभकामना। सबै क्लेशहरु मित्रतामा बदलिउन, डरबाट मुक्ति र चिन्ताबाट हौसलाको यात्रा गरोस हामी सबैको जीवनले’, ट्विटरमा थापाले लेखेकी छन्।

त्यस्तै अर्की अभिनेत्री केकी अधिकारीले पनि सर्तकता अपनाएर परिवारमै होली मनाउन आग्रह गर्दे होलीको शुभकामना दिएकी छन्।

Image

‘यसपालीको होली आफ्नै परिवारसंग, आफ्नै घरमा बसी मनाऔँ। सतर्क रहौँ। स्वस्थ रहौँ। फागु पुर्णिामाको रङ्गिन शुभकामना’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

अभिनेता पल शाहले जीवन होलीजस्तै रंगीत र उल्लासमय बनोस् भन्दै होलीको शुभकामनासहित तस्बिर सेयर गरेका छन्।

May be an image of 1 person and standing

‘वर्षमा एकदिन मात्रै होइन सधैभरि सबैको जीवन होलीजस्तै रंगीन र उल्लासमय तरिकाले बीतोस् फागु पूर्णिमाको शुभकामना’, शाहले फेसबुकमा लेखेका छन्।

May be an image of 1 person, sunglasses and outdoors

त्यस्तै अभिनेत्री सुहाना थापाले पनि होलीको शुभकामना दिँदै रंगिन तस्बिर सार्वजनिक गरेकी छन्। ‘ह्याप्पी होली’, थापाले फेसबुकमा लेखेकी छन्।

त्यस्तै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले पनि होलीको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। उनीहरुले परिवारका साथ होली मनाएका हुन्। प्रियकंकाले होलीको शुभकामना दिँदै सुरक्षित रहेर खोल्न समेत सुझाब दिएकी छन्।

May be an image of 2 people, people standing and outdoors

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .