फोटोफिचर


चुनावको पूर्वसन्ध्यामा यस्तो देखियो काठमाडौँ (तस्बिरहरू)


सरोज शाही
फागुन २०, २०८२ बुधबार १६:२७, काठमाडौँ

भोलि (फागुन २१ गते) प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। चुनावमा मतदान गर्न मतदाताहरू आ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन्।

काठमाडौँमा विभिन्न पेसा, व्यवसाय, रोजगार वा अध्ययनका लागि बसेका करिब ९ लाख मानिसहरूले उपत्यका छोडेको अनुमान गरिएको छ।

काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा मतदाता बाहिरिएपछि यहाँका सडकहरू सुनसान देखिएका छन्। 

चुनावको सार्वजनिक बिदासहित चुनावअघि होली र चुनावपछि शनिबार र नारी दिवससमेत परेकाले एक हप्ता सार्वजनिक बिदा छ। सोही कारण स्कुले बालबालिकासमेत बिदा मनाउन अभिभावकसँगै गाउँ गएका छन्। 

भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुने हुँदा आजै राति १२ बजेसम्म मात्रै गाडी चल्छन्। सोही कारण नजिकका यात्रुसमेत आ–आफ्नो गन्तब्यतर्फ पुग्न हतार गरिरहेको देखिन्छन्। 

निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। काठमाडौँ उपत्यकासहित देशैभर निर्वाचन गराउन मतदान केन्द्रहरूमा कर्मचारी तथा सुरक्षाकर्मीहरू तम्तयार भएर बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad