फोटोफिचर


सर्वोच्च परिसरमै रहेको बार भवन: कहाँबाट आए तोपका गोला? (तस्बिरहरू)


सरोज नेपाल
असोज १, २०८२ बुधबार १३:२३, काठमाडौँ

भदौ २४ गतेको विध्वंशमा सर्वोच्च अदालतसँग त्यसैको परिसरभित्र रहेको नेपाल बार एसोसिएसनको भवन पनि निशाना बन्यो।

ढुंगामुढा र तोडफोडसँगै आगजनी पनि गरियो। बार भवनको अधिकांश भाग क्षतिग्रस्त छ। कोठाहरू क्षत-विक्षत् छन्।

सबैभन्दा आश्चर्य र रहस्यको विषय त के छ भने यहाँ तोपका गोलाहरू पनि भेटिएका छन्। बार भवनमा कसले किन आक्रमण गर्‍यो र तोपका गोला कहाँबाट आए भनेर बार पदाधिकारीहरूले पनि भेउ पाउन सकिरहेका छैनन्।

बार महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला भन्छन्, ‘बार जहिले पनि लोकतन्त्र, मानव अधिकार र शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हकका पक्षमा उभिँदै आएको संस्था हो। यसलाई किन तारो बनाइयो? तोपका गोला र अरू हतियारहरू पनि कहाँबाट आए? आश्चर्यजनक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad