सुदूरपश्चिम


नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा

जेनजी भनेर बेइज्जत गरेको भन्दै लाइभ गरेका थिए
नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा

मृतक नरेश धानुक


नेपालखबर
भदौ २९, २०८२ आइतबार १५:१९, कञ्चनपुर

कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार, पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त छन्।

उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी नेपालखबरलाई जानकारी दिए।

शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका-४, बैतडा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए।

आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नांगै पारेर कुटपिट गरिएको दाबी गरेका थिए। केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका थिए।

‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले आत्महत्याअघि भनेका छन्, ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो। मलाई नांगै बनाएर दौडायो, गाइज।’

मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेकी छन्।

‘सुरुमा दारु (रक्सी) पिलाएका रहेछन्। त्यसपछि नांगो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले भनिन्, ‘मर्ने थिएन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ।’

पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा ४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad