फोटोफिचर


कीर्तिपुर क्रिकेट स्टेडियममा कहिले होला फ्लडलाइट जडान? (तस्बिर/भिडिओ)


सरोज नेपाल
साउन १७, २०८२ शनिबार ११:७, काठमाडौँ

काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट स्टेडियम निर्माणको काम धमाधम भइरहेको छ।  ठेक्काको म्याद सकिएपछि दैनिक २ लाख हर्जाना तिर्दै ठेकेदार कम्पनीले जनशक्ति थपेर कामलाई तीव्र बनाएका छन्।

हाल १०,००० सिट क्षमताको प्यारापिटको ७७ प्रतिशत र फ्लडलाइट जडानको ५५ प्रतिशत काम सम्पन्न भएको छ भनिएको छ। नेपाल प्रिमियर लिग एनपिएलको नयाँ संस्करण नजिकिँदै स्टेडियम निर्माण तीव्र भइहेको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले अगस्ट १५ सम्म काम सक्न र नसके ठेक्का रद्द गर्ने चेतावनी दिइसकेका छन्।  क्रिकेट मैदानमा प्यारापिट निमार्णको काम सकिन लाग्दा फ्लड लाइटको काम भने सुस्त देखिएको छ।

भिडिओ:

फ्लडलाइट निर्माण गरिरहेको विशाण-ईश्वरी जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सौरभ शाहले अहिलेसम्म ५५ प्रतिशत काम सकिएको दाबी गरे। निर्माण सम्पन्न गर्न अझै २ महिना समय आवश्यक पर्ने शाहको भनाइ छ।

\

\

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad