फोटोफिचर


काठमाडौँको टुँडिखेलमा मनाइयो सोनाम ल्होसार (तस्बिरहरू)


सरोज बैजु
माघ १७, २०८१ बिहिबार १४:२५, काठमाडौँ

तामाङ समुदायले आज देशका विभिन्न स्थानमा विविध कार्यक्रमसहित सोनाम ल्हाोसार मनाएका छन्। विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मोलगायतका जातिको मुख्य चाडका रूपमा रहेको सोनाम ल्होसार किसानहरूले बालीनाली भित्र्याइसकेपछि मनाउने गरिन्छ।

ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष १२ वटा भएको विश्वास गर्छन्। १२ वर्षको नाम पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको हुन्छन्। जसमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष पर्दछन्। यी १२ वर्गलाई यो समुदायले १२ राशिको रूपमा पनि लिने चलन छ। १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ।

सोनाम ल्होसारको अवसरमा बिहीबार काठमाडौँको टुँडिखेलमा पनि बृहत् कार्यक्रम गरिएको छ। ‘सोनाम ल्होसार तामाङ सांस्कृतिक महोत्सव’, ‘नेपाल तामाङ मौलिक ह्वाइला न्हान’ लगायतका ब्यानरमा टुँडिखेल क्षेत्र परिक्रममा गरिएको थियो। कार्यक्रममा तामाङहरूको जातीय भेषभूषा, बाजागाजा र झाँकी प्रस्तुत गरिएका थिए।

बागमती प्रदेश तामाङ जातिको बाहुल्य रहेको क्षेत्र हो। राजधानीमा आज टुँडिखेललगायत बौद्ध, स्वयम्भू लगायतका क्षेत्रमा पनि विविध कार्यक्रम आयोजना गरिएका छन्।

सोनाम ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको छ भने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत विभिन्न दलका शीर्ष नेताले शुभकामना दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad