फोटोफिचर


खो खो विश्वकपका उपविजेता दुवै टोलीलाई विमानस्थलमा भव्य स्वागत (तस्बिर)


सरोज नेपाल
माघ ७, २०८१ सोमबार १८:९, काठमाडौँ

खो खो विश्वकपमा उपविजेता बनेका नेपालका दुवै टोली स्वदेश फर्किएका छन्।

पहिलो विश्वकपमै नेपालका महिला र पुरुष टोलीनै फाइनलमा पुगेका थिए।

आइतबार बेलुका दुवै टोली उपाधिभिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेका थिए।

सोमबार अपरान्ह दुवै टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतले स्वागत गरेका छन्।

घिसिङले पहिलो विश्वकपमै नेपाली टोलीले गरेको प्रदर्शनको उच्च प्रशंसा गरे।

आइतबार साँझ भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको फाइनलमा नेपालको पुरुष टोली भारतसँग ५४–३६ ले पराजित भएको हो।

भारतसँगै फाइनलमा नेपाली महिला टोली ७८–४० अन्तरले पराजित भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad