राजनीति


शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गनुपर्छ : प्रचण्ड

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गनुपर्छ : प्रचण्ड

नेपालखबर
माघ ७, २०८१ सोमबार १७:५४, गोरखा

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन्। 

गोरखाको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको दाबी गरे।

गोरखाको नवज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताए।

संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उनले  राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए। 

शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने प्रचण्डको जिकिर थियो। 

गोरखा क्याम्पसको निरीक्षण
यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरख- ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गरेका छन्। सो क्रममा उनले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए। उनले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad