फोटोफिचर


ठमेल र दरबारमार्गमा ‘न्यु इयर’को उल्लास (तस्बिरहरू)


तस्बिर: सरोज बैजु/सरोज नेपाल
पुस १६, २०८१ मंगलबार २२:४३, काठमाडौँ

अंग्रेजी नयाँ वर्षको आगमन नेपालमा पनि उल्लासमय बनेको छ। विभिन्न देशका पर्यटकहरुले काठमाडौंमा नयाँ वर्षको ‘सेलिब्रेसन’ गरेका छन्। 

कोभिडपछि पर्यटकीय चहलपहल बढिरहेको ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा विदेशी पर्यटकले ‘न्यू इयर इभ’ मनाएका हुन्। 

काठमाडौंमा अमेरिकी, युरोपेली, भारतीय र चिनियाँ पर्यटक स्ट्रिटदेखि क्लबसम्म पुगेका छन्। कोभिडपछि विश्व पर्यटन क्षेत्रमा ९७ प्रतिशत ‘रिकभरी’ देखिँदा नेपालमा ९६ प्रतिशत पर्यटक भित्रिएका छन्।

सन् २०२४ मा पर्यटक आउनेमध्ये भारत पहिलो, अमेरिका दोस्रो र चीन तेस्रोमा छ। कोभिड महामारी अघिसम्म छिमेकी मुलुक चीन दोस्रो नम्बरमा रहे पनि पछिल्लो समय बढ्नसकेको छैन। चीनको आर्थिक गतिविधि कम हुँदा नेपालमा आउने पर्यटक घटेको पर्यटन बोर्डका अधिकारीहरु बताउँछन्। 

सेप्टेम्बर महिनासम्म भारतीय पर्यटको आगमन उत्सहजनक रहे पनि त्रिशूलीमा २ बस दुर्घटना हुँदा भारतीय पर्यटक घट्न पुगेका थिए। त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना र सूर्यचौरमा चिनियाँ बोकेको हेलिकप्टर दुर्घटना हुँदाको प्रभाव भारतीय र चिनियाँमा परेको बोर्डका अधिकारी बताउँछन्। 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किँदै गएको र आगामी वर्ष झन् बढ्ने अपेक्षा गरेको सुनाए। 

बोर्डका अनुसार सन् २०२४ मा नेपालमा साढे ११ लाख पर्यटकले भ्रमण गरेका छन्। 

नेपाल भित्रिएका पर्यटक काठमाडौं उपत्यकाबाहिर पोखरा, भरतपुरमा बढी पुगेका छन्। युरोप र अमेरिकाका पर्यटक बढीजसो ट्रेकिङ र माउन्टेनेरिङ रुचाउँछन्। यता भारतीयहरु काठमाडौं, पोखरा, चितवन र लुम्बिनीसम्म पुग्ने गरेका छन्। सरकारले चालू आर्थिक वर्षमा १३ लाख पर्यटक भित्र्याउने अपेक्षा गरेको छ।  

सन् २०२५ देखि २०३५ सम्म सरकारले पर्यटक दशक मनाउँदै छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको अवधारणा बनाए पनि कार्ययोजना नबन्दा जनवरी १ बाटै कार्यान्वयन लैजान सकेको छैन। 

हेर्नुहोस् न्यु इयर इभको उल्लास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad