नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ। जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स एनपीएलको उपाधिका लागि भिडिरहेका छन्।
पहिले ब्याटिङ गरेको सुदूपश्चिम रोयल्सले जनकपुरलाई १८५ रनको लक्ष्य दिएको थियो। जनपुर त्यसलाई सजिलै पछ्याउनेगरी ब्याटिङ गरिरहेको छ।
खेल रोमान्चक बन्दै गइरहेको छ। त्रिवि मैदान दर्शकले भरिभराउ छ। टिकट सोल्डआउट भएका कारण मैदानमै गएर खेल हेर्ने इच्छा भए पनि उनीहरुले टिकट पाउन सकेका छैनन्।
टिकट नपाएका कतिपय युवा सर्मथक भने रुखमै चढेर भए पनि खेल हेरिरहेका छन्। प्रहरीले भने सुरक्षाको कारण देखाउँदै रुखमा नचढ्न आग्रह गर्दै आएको छ।
तर, दर्शक भने खेलका लागि प्रहरीको त्यो आग्रहको त्यति वास्ता गरिरहेका छैनन्।














120
Shares

प्रतिक्रिया