छठ पर्वको आज मुख्य दिन। उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि आजव्रतालु निराहार रहन्छन्।
पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरूप खाएपछि निराहार व्रत सुरु भएको थियो।
तराइका जिल्लासहित काठमाडौँ उपत्यकामा पनि छठ पर्वको रौनक बढ्न थालेको छ। बिहीबार काठमाडौँका विभिन्न ८ स्थानमा छठीघाट स्थापना गरेर महानगरले नै पूजाको व्यवस्था मिलाएको छ।
अब भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रूपमा समापन हुनेछ।
गौरीघाटस्थित बागमती नदी किनारको छठघाटमा पुगेमा पुगेरछठीमाइको पूजा गरेका छन्।
तस्बिरहरूः
















201
Shares

प्रतिक्रिया