समाज


जनकपुर पुगेर पर्यटनमन्त्री पाण्डेले गरे छठी माईको पूजा

जनकपुर पुगेर पर्यटनमन्त्री पाण्डेले गरे छठी माईको पूजा

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १६:४७, काठमाडौँ

मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे आज जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गरेका छन्।

उनले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका ब्रतालु तथा सर्वधारणसँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, संस्कृतिक एवं धर्मिक महत्त्व र मैथिली सभ्यतमा यसको प्रभाव लगायतका विषयमा जानकारी लिएका थिए।

सोही क्रममा मन्त्री पाण्डेले प्रशिद्ध जानकी मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गरेका थिए।

सो अवसरमा उपस्थित जनप्रतिधिलगायतका अगुवाहरुसँग जनपुरका धार्मिक महत्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचारप्रसार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तरक्रिया गरेका थिए।

साथै उनले जनकपुरस्थित विमानस्थलको स्तरोउन्ती गरी भैरहवाको गौतमवुद्ध अन्तर्राट्रिय विमानस्थलले जस्तै धार्मिक पर्यटकलाई जनकपुरमा ल्याउन सहज हुने विषयमा छलफल गरे।

मन्त्री पाण्डेले आजै जनकपुर विमानस्थलको समेत अनुगमन गरेको उनको सचिवालयले बताएको छ।

विमानस्थल अनुगमनका क्रममा नै विमानस्थल परिसरमा झन्डोउत्तोलन समेत गर्नुका साथै विमानस्थलम निर्माण भएको पानीको फोहोराको समेत उद्घाटन गरेका थिए। 

सो अवसरमा प्रतिनिधि सभा सदस्य मनिष झाले जनपुरमा निर्माण भएका छठघाट लगायतका क्षेत्रको बारेमा मन्त्री पाण्डेलाई जानकारी गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad