फोटोफिचर


झिलिमिली सहर, शान्त सडक (तस्बिरहरू)


सरोज बैजु
कात्तिक १६, २०८१ शुक्रबार १६:३५, काठमाडौँ

यतिबेला तिहारको रौनक छाएको छ। गाउँ सहर सबैतिर झिलिमिली छ। सरसफाई, बत्ती, फूलमाला र देउसी भैलोले वातावरण मन्त्रमुग्ध बनेको छ।

सरकारी तथा गैरसरकारी कार्यालयमा केही दिनको बिदाका कारण मानिसहरू कामबाट फुर्सदिला बनेका छन्।

फुर्सदको समयमा आ–आफ्नो इच्छाका काममा लाग्ने, देउसी भैलो खेल्ने, साथीभाइसँग भेटघाट तथा घुमफिरको योजना बनाइरहेका छन्।

सधैँ चापाचाप हुने काठमाडौंका सडक यतिबेला सामान्य गतिमा चलिरहेका छन्। सरकारी कार्यालय, स्कुल, कलेज बन्द भएका कारण मानिसहरूलाई समयमै नपुग नहुने धपेडी छैन। त्यसकारण सडकले पनि केही आराम पाएजस्तो देखिन्छ।

त्यसमाथि घर, पसल वा व्यापारिक कम्ल्पेक्सहरूमा देउसीभैलो, बत्ती, फूलमाला र रंगहरूले सडकलाई अझै शोभायमान बनाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad