ad ad

फोटोफिचर


दरबारमार्गमा नेसनल डे कन्सर्ट, जताततै राष्ट्रिय झण्डा (तस्बिरहरू)


सरोज बैजु
असोज ३, २०८१ बिहिबार १७:४७, काठमाडौँ

संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना भएको छ। जारी कन्सर्टमा सहभागी हुन उल्लेख्य संख्यामा दर्शकको भिड लागेको छ। 

बृहत् नागरिक आयोजक समितिले आयोजना गरेको उक्त कन्सर्टमा विभिन्न कलाकारहरूको प्रस्तुति रहने बताइएको छ। 

कन्सर्टमा सहभागी हुन सरकारले आग्रह गरेको छ। दर्शकहरू राष्ट्रिय झण्डा बोकेर दरबारमार्ग क्षेत्रमा सांगीतिक प्रस्तुतिमा झुमिरहेका छन्।

कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ।

राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका ब्यान्डहरूले प्रस्तुति दिनेछन्।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .