ad ad

फोटोफिचर


वसन्तपुरमा यस्तो देखियो इन्द्रजात्राको रौनक (तस्बिरहरू)


सरोज बैजु
असोज १, २०८१ मंगलबार १७:२२, काठमाडौँ

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइएको छ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा पर्व मनाइन्छ। यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्य रुपमा मनाइने गरेको छ।

मंगलबार दिउँसो काठमाडौँको वसन्तपुरमा मनाइएको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डंगोल लगायत विशिष्ट सहभागी भएका छन्। 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ।

लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा पर्व मनाउने गरिएको हो।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .